Sagun Khabar
बैतडीका बन्द बिधालय फागुन १ देखि सञ्चालनमा आउलान त ? के भन्छन सरोकारवाला निकाय

बैतडी- बैतडी लगायत देशभरिनै पुष अन्तिम सातादेखि बढदै  आएको तेस्रो लहर ओमिक्रोन संक्रमण पछिल्लो समय घट्दै गएपछि बन्द रहेका बिधालय सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । कोभिड तेस्रो लहर ओमिक्रोनका कारण माघको पहिलो सातादेखि देशभरि विद्यालय बन्द रहेका छन् ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसै अनुरुप बैतडीमा पनि संक्रमण दर उकालो लागेपछि विद्यालय बन्द गर्ने निर्णय भएको थियो । तर पछिल्लो समय घट्दै गएको कारोना संक्रमणलाई आकलन गरी संघीय सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरिसकेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

 बैतडीको हकमा १२ बर्षदेखि १७ बर्षसम्मका ६० प्रतिशत बिद्यार्थीहरुलाई खोप लगाइ सकेको जनाइएको छ । खोप लगाउन बाँकी बिद्यार्थीका अविभावकहरूलाई खोप केन्द्रमा गएर बालबालिकाहरुलाइ खोप लगाउन आग्रह गरिएको छ । खोप नपाएका बालबालिकाहरूलाइ खोप लगाइसकेपछि विद्यालय सञ्चालन गर्न सहज हुने प्रशासनले जनाएको छ । सिसिएमसिसिकै निर्णय अनुरुप जिल्लामा फागुन १ देखि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले  बताएका छन  ।

 कोरोना संक्रमणकै कारण अहिले जिल्लाका १० वटै स्थानीय तहका विद्यालय बन्द रहेका छन् ।  जिल्लाका स्थानीय तहहरूले प्रशासन,अभिभावक र सरोकारवालासँग छलफल गरेर भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने तयारी रहेको जनाएका छन । कोरोनाकै कारण दुई वर्षदेखि प्रभावित हुँदै आएको पठनपाठन सञ्चालनमा ल्याउने र  विद्यालयहरुलाई निगरानीमा  राखेर अबका दिनहरुमा पढाइलाई थप प्रभावकारी बनाएर लैजाने तयारी रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताएका छन ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update