Sagun Khabar
प्रसिद्ध तिर्थस्थल बनारसी धाममा आज विशेष पुजा–आजा सहित  मेला सुरु

बैतडी – बैतडीको प्रसिद्ध तिर्थस्थल बनारसी धाममा आज शुक्रबार विशेष पुजा–आजा सहित  मेला लाग्दै छ । हरेक वर्षको माघ शुक्ल पक्षको दशमीका दिन बनारसी धाममा पुजा लाग्ने गर्दछ ।

माग शुक्ल पक्ष सुरु भएदेखी पुजा आजा सुरु भएको र आज दशमीका दिन धाममा विशेस पुजा सहित मेला लाग्ने बैतडीको पाटन नगरपालिका वडा नं ३ का ज्योतिष तथा पण्डित पाण्डव भट्टले जानकारी दिनुभयो  ।

स्वास्थ्य सन्देश
Atrya hospital

द्वापर युगमा खपरे दैत्त नामक दानव र देवता बिच झडप भएर झडपकै बेला  बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर खपरे दैत्तको रगत पिएर मारेको र त्यसै दिन देखी देवताहरुले स्यवासी दिदै स्थापना गरिएको किम्बदन्ती  छ । देवताहरुको सर्वदलीय बैठक बसी रगत पिएको भन्दै बनारसीलाइ दलित घोषणा गरिएकोले बनारसी धामका कार्यकारिहरु दलितमात्रै हुने गरेको पण्डित भट्टले बताउनुभयो ।

द्वापर युगमा शक्तिशाली मानिने बनारसी देवता र रौलाकेदार लगायतका शक्तिशाली देवताहरुले एउटै थालमा खाना खाने बाँचा गरेका र त्यस दिन बनारसिलाइ दलित घोषणा गरेपछि केराको पातमा संगै खाना खाएको र त्यसै दिन देखी पातको बिच भागमा डण्डी रहन गएको भन्ने जनविश्वास रहेको भट्टले बताउनुभयो ।

प्रत्येक बर्ष तिन ठाउँबाट देउरो आउने र यो बर्ष कुंणी, खिपाली बस्तीबाट देउरो आई  बनारसि धाममा दलित समुदायका पुजारीले बिषेश पुजाआजा गर्नेछन् । बनारसी धामका भरण्या जन्के लुहार,धामी(झाक्री) तथा पुजारि पदम लुहार,धिरे लुहार र झुले लुहार रहेकाछन् ।

 पाटन नगरपालिकाका सुर्नया तथा छिमेकी पालिकाहरुबाट चिनोबानोसहित पुजाआजा गर्न मेलाहेर्न धेरैको संख्यामा भक्तजनहरु आउने गरेका छन् । यस मेलालाई सुरगंगा तथा बाईसताल सहस्रलिंग विशेष स्नान मेलाको रुपमा पनि चिनिने गरिन्छ ।

मेलाको दिन मदिरा सेवन, बिक्रिबितरण र जुवातास खेल्ने तथा खेलाउने कार्य पुर्णरुपमा बन्द गरिएको छ । यदि कसैले यस्तो कार्य गरको पाएमा कानुन अनुसार कार्वाही गरिने मेला व्यवस्थापनले जनाएको छ ।

छ हजार स्वराड, जनरसौँ पुर्चाैडी, पन्ध्र पाला डोटी, पाँचसय बैतडी, नौँलाख निङ्गलाशैनी, छपन्नकोटी रौला छबिसीगड, बाह्रबिसी बराईल, तेह्र हजार घटाल, नौख्वा अछाम, खप्रान्ती कुमाउ, नौढुक्रा स्वर, २२ पाँठ लेकम, तलकी अञ्चल, पुरकी लेकबाट समेत सिकभोक आउने गर्दछ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update