Sagun Khabar
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो, पेट्रोपोलिसमा आपत्काल घोषणा
फाईल फोटो

ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुगेको छ । हजारौँ नागरिक प्रभावित भएका छन् ।

रियो दि जिनेरियाेको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो।

पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताउनुभएको छ । रियो दि जिनेरियाे राज्यका गभर्नरले सन् १९३२ पछि ठूलो वर्षा भएको बताएका छन्।

Atrya hospital

महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उदृत गरी बीबीसीले जनाएको छ । हिलो मिसिएको भेल घरमा पसेको छ।

उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रोपोलिस नगरप्रमुखको कार्यालयले जनाएको छ ।

विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् । तातो वायुमण्डलमा बढी पानी हुने भएकाले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ । पेट्रोपोलिस एउटा पर्यटकीय गन्तव्य हो तर पछिल्लो समय भूक्षयको जोखिममा रहेको छ ।

यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो ।

#उज्यालो#

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update