Sagun Khabar
भारतमा ५६ जनाको मृत्यु भएको विस्फोटका ३८ दोषीलाई मृत्युदण्डको सजाय
फाईल फोटो

भारत एक अदालतले गुजरात राज्यको अहमदाबादमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विष्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

विष्फोट गराएको आरोपमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital
 

सन् २००८ को २६ जुलाईमा भएका विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो । ७० मिनेटको अन्तरालमा भएका २१ ओटा विष्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए ।

घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।

यही ८ फेब्रुबरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो ।

#ईमेजखबर#

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update