Sagun Khabar
युक्रेनको दोस्रो ठूलो शहर खार्किभ रुसको क्षेप्यास्त्र, कम्तीमा १० जनाकाे मृत्यु

रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

खार्किभको केन्द्रमा अवस्थित मुख्य प्रशासकीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको बीबीसीले जनाएको छ । आक्रमणमा १० जनाकाे मृत्यु भएकाे र २० जना घाइते भएकाे युक्रेनका अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

कयाैं मानिसको मृत्यु हुने गरी गरिएको आक्रमणलाई युक्रेनका राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले युद्ध अपराधको संज्ञा दिएका छन् ।

विस्फोटको भिडियो ट्वीटरमा राख्दै राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएका हुन् । उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन पनि आग्रह गरेका छन् ।

रुसले गरेको आक्रमणमा १६ बालबालिकासहित दर्जंनौ मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ । खार्किभको केन्द्रमा रुसले जानाजान गैरसैनिकलाई निशाना बनाएको युक्रेनको आरोप छ ।

रुसले आवासिय क्षेत्रमा गैरसैनिक नागरिकलाई निशाना बनाउनु युद्ध अपराध भएको युक्रेनका राष्ट्रपतिको ठहर छ । यसैबीच अन्तराष्ट्रिय अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन् ।

यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने यथोचित आधार रहेको बताएका थिए ।

#ईमेजखबर #

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update