Sagun Khabar
कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिला नै हुनुपर्ने निर्णय खारेज

काठमाण्डाै – कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिला नै हुनुपर्ने निर्णय खारेज भएको छ । निर्वाचन आयोगले गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता लिएको जनाएको हो । 

आयोगले दलहरूलाई चैत १६ र २२ गते निर्वाचन व्यवस्थापनलाई लैङ्गिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको बुँदा नम्बर ६ लाई संशोधन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको भनेको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि पालिकाको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने भनेर निर्देशन दिएको थियो । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update