Sagun Khabar
पालिका चुनावका लागि एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डौ – आउँदो ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ भने कतै बागी उम्मेदवारी परेको छ । यस्तै, कतै निर्विरोध छ । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो।

स्वास्थ्य सन्देश
Atrya hospital

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राति अबेरसम्ममा एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ तर यो सङ्ख्या घटबढ हुनसक्छ । विवरण अद्यावधिक भइरहेकाले यो तथ्याङ्क अन्तिम नभएको उनको भनाइ छ।

केही ठाउँमा नेटवर्कमा समस्या भएकाले विवरण अद्यावधिक गर्न ढिलाइ भएको छ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुने उनले बताए । उनका अनुसार आज मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशनको तयारी भइरहेको छ । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update