Sagun Khabar
हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताए । यो बिदा परीक्षणका रूपमा रहने उनले बताए ।  

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update