नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
                        
                        
                                                
                                             
                                                                    काठमाण्डौ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिए । उनीसंगै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकको नाम पनि महानिरीक्षकका लागि सिफारिस भएको थियो । तर मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई नियुक्त गरेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १४:०६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    