Sagun Khabar
नेकपाको असन्तुष्ट समूहले विप्लवलाई महासचिवबाट हटायो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट पक्षले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाएको छ । चितवनको पर्सामा चलिरहेको हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधर नेताहरूको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाएर बास्तोलालाई केन्द्रीय संयोजक तोकेको हो । 

यसअघि चन्दले वली र बास्तोलालाई पार्टीबाट निष्कासन गरेको घोषणा गर्नुभएको थियाे । वली र बास्तोला पक्षको भेलाको निर्णयसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी टुक्रिएको छ । वली र बास्तोला पक्षधरको भेलाले पालिका चुनावमा केन्द्रीय समितिको निर्णय विपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर चन्दलाई महासचिवबाट हटाएको नेता गुणराज लोहनीले जानकारी दिनुभयो । 

यस्तै भेलाले प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाएको छ । ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये भेलामा ३८ जना उपस्थित भएको पनि लाेहनीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update