Sagun Khabar
नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रधानसेनापति शर्मा
PrabhuRam_Sharma_aYh1FbbpJO.jpg

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ ।

अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी गराउनुभयो ।

स्वास्थ्य सन्देश
Atrya hospital

उहाँले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पार्नुभयो । अहिले नेपाली सेनाले लेखेको जुन पत्र सार्वजनिक भएको छ, यो सत्य भएको बताउनुभयो । ‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन’ उहाँले भन्नुभयो । उहाँले  भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको पनि बताउनुभयो ।

उहाँले भन्नु भएको छ : ‘कात्तिक १० गते २०७२ सालमा पत्र लेखिएको हो । यो मिलिटरी तालिमसँग सम्बन्धित छैन, त्यो भूकम्पको समय थियो, हामीले विपदमा काम गर्नु थियो त्यसकै लागि गरिएको हो, नेपालको परराष्ट्र नीतिको बर्खिलाप र सैन्य गठबन्धनमा जान रक्षा र परराष्ट्र मन्त्रीको स्वीकृतिमा पत्र लेखिएको थियो ।’

यस्तै, उहाँले सैन्य पार्टनरसिप गर्न नपरोस् भनेर विभिन्न काम अघि बढाइएको पनि बताउनुभयो । यो पार्टनरसिप अन्तर्गत ४ वटा जहाज लिएको र २ वटा आइसकेको अरू प्रक्रियामा रहेको पनि उहाँले जानकारी गराउनु भएको छ ।

एउटा एअर एम्बुलेन्स आउने तर यो कार्यक्रमबाट कुनै हतियार र पैसा नलिएको उहाँको भनाइ छ । अमेरिकाले प्रस्ताव गरेको भनिएको १० बुँदे सम्झौताबारे आफूहरुलाई थाहा नभएको र त्यो प्रस्ताव आएको नआएको पनि उहाँले बताउनुभयो ।

-उज्यालो 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update