Sagun Khabar
पाँचथरमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटियो

काठमाण्डौ – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ ।  पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा नं ७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए ।

गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका थिए । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update