Sagun Khabar
कोशी नदीको भंगालो फुटेर बस्तीमा पस्यो : उदयपुरमा एक हजार परिवार प्रभावित हुन सक्ने अनुमान
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो भंगालोलाई यसअघि नै रोक्ने प्रयास गरे पनि सम्भव नभएको र आज बिहान भंगालो फुटेर बस्तीमा पस्न थालेको प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईले जानकारी दिए । भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्ती पस्ने जोखिम छ । नदी बस्तीमा पसेपछि त्यहाँका झण्डै एक हजार घरपरिवार प्रभावित हुन सक्ने देखिएको छ ।

प्रभावित परिवारलाई अहिले अस्थाई स्थानान्तरणको काम भैरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । अहिले सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय उदयपुर र नगरपालिकाको विपद् टोली खटिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update