Sagun Khabar
आज जनैपूर्णिमा पर्व मनाइँदै
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ। यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो।

यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ। पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update