Sagun Khabar
रङ्गशाला निर्माणको लागि मलेसियामा रहेका नेपालीहरुबाट १ लाख बढि सहयोग 
स्वास्थ्य सन्देश
Atrya hospital

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि रोजगारीको सिलसिलामा मलेसियामा रहेका नेपालीहरुले १ लाख ३१ हजार बढी सहयोग गरेका छन् ।

मेलेसियाको केडा राज्यमा रहेको पानासोनिक सोलार कम्पनीमा कार्यरत नेपालीहरुको तर्फबाट १ लाख ३१ हजार १ सय ८८ रुपयाँ सहयोग संकलन गरिएको हो । संकलित रकम  धुर्मुुुस सुन्तली फाउण्डेसनलाई  हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक केशवसिंह धामीले जानकारी दिए  । सो अभियानमा ४२ जनाले सहयोग गरेको उनले बताए  ।

जनस्तरबाट निर्माण भईरहेको  रङ्गशालामा विभिन्न क्षेत्रबाट सहयोग भईरहेको सन्दर्भमा आफूहरुले पनि सहयोग गरेको धामीले बताए । उनले भने  ‘थोेपा थोपा मिली समुद्र बने जस्तै केही सहयोेग होस भन्ने हेतुले हामीले सहयोग गरेका हौ । रङ्गशाला नेपालीहरुको गौरवको योजना भएकोले यसमा  सबैलाई  सहयोगका लागि अपिल गर्दछौं ।’
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update