Sagun Khabar
नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहको आक्रमणमा परि ४६ जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ ।

बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने  बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएकाे एएफपीमा उल्लेख छ । 

उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएकाे छ । आक्रमणको कारण भने खुलेकाे छैन । गाेठालाहरुले गाईबस्तु चराएर आफ्नाे खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update