Sagun Khabar
युगान्डाको एउटा विद्यालयमा आक्रमण हुँदा कम्तीमा २५ जनाको मृत्यु

युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ ।

इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको र आठ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । विद्यालयमा आक्रमण गरेर विरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ भागेको समूहलाई प्रहरीले पछ्याइरहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

गएराति भएको आक्रमणमा विद्रोही समूहले विद्यालयको छात्राबासमा आगो लगाउनुको साथै आसपासका पसलमा लुटपाट समेत गरेका छन् । अझै थुप्रै विद्यार्थी हराइरहेकाले उनीहरु पनि मारिएका वा अपहरणमा परेका हुन सक्ने युगान्डाको सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

त्यही क्षेत्रमा सन् १९९८ मा पनि विद्रोही समूहले एउटा विद्यालयमा आक्रमण गरी ८० जना विद्यार्थीलाई उनीहरुको छात्राबासमै जलाउनुको साथै एक सय जनाभन्दा बढी विद्यार्थीको अपहरण गरेका थिए। 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update