Sagun Khabar
केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको मृत्यु

अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् ।

हिजो बेलुका सिपिङ कन्टेनर बाेकेर आएकाे लरी केन्याकाे पश्चिमी क्षेत्र लाेन्डिआनीकाे रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीकाे भनाइ छ । लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  

केन्यामा ठूला सडक दुर्घटनाकाे दर बर्सेनि बढीरहेकाे छ । गएकाे वर्ष पनि मध्य-केन्यामा यात्रुवाहक बस पुलबाट नदीमा खस्दा ३४ जनाकाे ज्यान गएकाे थियाे ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update