Sagun Khabar
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जना मजदुरको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

भारतको मिजोरममा बुधवार (आज) बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update