Sagun Khabar
डडेल्धुरामा झण्डै चार किलो चरेशसहित एकजना पक्राउ 

डडेल्धुरा –डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेश भेटेको हो । 

बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update