Sagun Khabar
दार्चुलाको अपिहिमालमा सकियो चामल 

दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिकामा चामल सकिएको छ । यातायातको पहुँचबाट टाढा रहेको खाद्य डिपो खण्डेश्वरीमा चामल ढुवानी नभएपछि खाद्य डिपोमा खाद्यान्न मौज्दात शून्य भएको हो । 

खाद्यान्न संकटको जोखिम क्षेत्र मानिने दार्चुलाका अपीहिमाल र व्यास गाउँपालिकाका कम्पनीका डिपो र बिक्री केन्द्रमा मौज्दात नरहेकाले खाद्यान्न अभाव बढ्ने सम्भावना रहेको छ । अपिहिमाल गाउँपालिका वडा नं ३, ४ र ५ का स्थानीय बासिन्दा खण्डेश्वरीस्थित खाद्यको डिपोमै भर पर्ने गर्दछन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

वर्षायाममा खाद्यान्न ढुवानी नहुँदा जिल्ला सदरमुकामको खाद्य बिक्री केन्द्र खलंगाबाहेक खाद्य डिपो र बिक्री केन्द्रमा खाद्यान्न मौज्दात नरहेको बताइएको छ । सदरमुकाम खलंगाबाहेक जिल्लाका अन्य बिक्री केन्द्रहरुमा जाने सडक अवरुद्ध छन् । 

गत आर्थिक वर्ष सरकारले तोकेको भाडामा ढुवानी व्यवसायीहरुले चामल बोक्न नचाहेकाले खाद्यान्न मौज्दात गर्न समस्या भएको श्रोतले जनाएको छ । 

जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया टुंगो नलागेकाले कहिले ढुवानी हुने भन्ने यकिन नभएको खाद्य कम्पनीको दार्चुला शाखाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update