Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा व्यापारीहरुले सडकमै फाले फोहर,फोहर व्यवस्थापनमा नगरपालिकाको चासो छैन् 
फोटो : नगरपालिकाले फोहर व्यवस्थापन नगरेपछि गोकुलेश्वरका व्यापारीहरुले सडकमा फालेको फोहर, तस्बिर : सुरेश श्रेष्ठ

दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर बजारका व्यापारीहरुले सडकमै फोहर फालेका छन् । शैल्यशिखर नगरपालिकाले लामो समयसम्म बजारको फोहर नउठाएपछि व्यापारीहरुले बाध्य भएर सडकमा फोहर फालेको बताएका छन् । 

शैल्यशिखर नगरपालिकाले फोहर व्यवस्थापनमा कुनै चासो नदिएपछि बाध्य भएर सडकमा फोहर फाल्नुपरेको गोकुलेश्वर बजार व्यवस्थापन समितिका उपाध्यक्ष लोकेश भण्डारीले बताए । उनले भने ‘फोहर व्यवस्थापनका लागि हामीले नगरपालिकाको पटक–पटक ध्यानाकर्षण गराएका छौं । नगरपालिकाले यो बिषयमा चासो नै दिएको छैन् । त्यसैले बाध्य भएर हामीले सडकमा फोहर फालेका हौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

fohar 41695193854.jpg

बजार क्षेत्रको फोहर ३ महिनासम्म नगरपालिकाले नउठाएपछि व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले गोकुलेश्वर क्षेत्रमा यातायात समेत अवरुद्ध गरेका छन् । फोहर व्यवस्थापन गर्ने दायित्व नगर सरकारको भएपनि यो दायित्वबाट नगरपालिका पन्छिएपछि आन्दोलनको विकल्प नरहेको स्थानीय व्यापारी करनसिंह भण्डारीले बताए । 

fohar 31695193843.jpg

बजारको फोहर व्यवस्थापनका बिषयमा नगर प्रमुख विजयसिंह धामीलाई पटक पटक आग्रह गरेको भएपनि कुनै पहल नहुँदा सडकमा फोहर फालेको व्यापारीहरुले बताएका हुन् । संविधान दिवसको दिन र्याली सहभागी नगर प्रमुखले समेत बजारको फोहर देखुन भनेर फोहर फालेको बताइएको छ । 

fohar 21695193842.jpg

संविधान दिवसको अवसरमा निकालिएको र्याली सडकमा फालिएको फोहर छिचोल्दै गएको थियो । शैल्यशिखर नगरपालिकाले फोहर व्यवस्थापन ध्यान नदिँदा नगर सरकारको चर्को आलोचना भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update