Sagun Khabar
डडेल्धुरा कारागारबाट सातजना कैदीबन्दी रिहा
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –जिल्ला कारागार डडेल्धुराबाट ७ जना कैदीबन्दी रिहा भएका छन् । 

संविधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले जानकारी दिए । असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको उनको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक÷एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update