Sagun Khabar
डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ, एक फरार

डडेल्धुरा– डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेको हो भने १८ वर्षीय किशोर फरार रहेका छन् । 

कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्तीकरणी गरेकोे उनीहरुमाथि आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन् । फरार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update