Sagun Khabar
पसल तोडफोड गरेको आरोपमा डडेल्धुराका एकजना पक्राउ 

डडेल्धुरा –पसल तोडफोड गरको आरोपमा डडेल्धुराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–३ का ४८ वर्षीय गगनसिंह कठायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कठायतले असोज १ गते राति सोही ठाउँका जयबहादुर साउँदको डुणेश्वर खुद्रा पसल तोडफोड गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

कठायतले पटकपटक पसल तोडफोड गरि पसलमा रहेका सरसामान खोलामा फालि पसल सञ्चालक साउँदलाई दुख दिने काम गरेको डिएसपी कार्कीले बताए । 

करिब एक लाख रुपैयाँ बराबरको सरसामान खोलामा फालेको साउँदको आरोप छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट १० दिनकोे म्याद थप अनुमति लिएर कठायतमाथि अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update