Sagun Khabar
डडेल्धुरामा जुवातास खेलिरहेका ६ जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेलधुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । 

जिल्लाको परशुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ का ५२ वर्षीय करनदेब ओझा समेत गरि ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update