Sagun Khabar
​कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा  डडेल्धुराका  एक जनाको मृत्यु

बैतडी- ​कैलालीमा मोटरसाइकल दुर्घटनामा डडेल्धुराका  एक जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर चालक डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन्।

स्वास्थ्य सन्देश
Atrya hospital

नविनको उपचारकोक्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update