Sagun Khabar
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

डडेल्धुरा-  डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ को अवसरमा पालिकाले बिदा दिएको हो।

लाटागन्यापको ‘शिखरजाँत’ को अवसरमा असोज १० गते (बुधबार) गाउँपालिकाको कार्यालय तथा मातहतको कार्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update