Sagun Khabar
अछामबाट एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछामबाट एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय मंगली थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

३६ हप्ताकी गर्भवती थापाको रक्तचाप बढ्नुका साथै ज्वरो आएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । थापाको पेटमा रहेको बच्चाको मुटुको धड्कन बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले उनलाई अन्यत्र रेफर गरिएको हो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update