Sagun Khabar
करेन्ट लागेर युवकको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका– ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको मृत्यु भएको हो ।

शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update