Sagun Khabar
दार्चुलाको दुहुँमा एकल पुरुषलाई मासिक भत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलाको एक पालिकाले एकल पुरुषलाई सामाजिक सुरुक्षाबापत मासिक भत्ता दिने भएको छ। जिल्लाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको हो।

पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो।दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ।

गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्षका पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती बमले बताइन्। गाउँपालिकाको आव ०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update