Sagun Khabar
दार्चुलाको राताकाठामा ट्रक दुर्घटना, एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला–दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट खाद्यान्न बोकेर दुहुँ गाउँपालिकाको ब्रहमदेवतर्फ गइरहेको से १ ख १२५२ नम्बरको मिनि ट्रक राताकाठा भन्ने स्थानमा बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

ट्रक सडकबाट करीब २५० सयमिटर तल खसेको छ । दुर्घटनामा परी ट्रकमा सवार दुहुँ गाउँपालिका ३ बोहरीगाउँका करनसिंह बोहराको मृत्यु भएको छ । पसलका लागि चामल किनेर उनी धनगढीबाट आएका बुझिएको छ ।

चालक भने फेला परेका छैनन् । उनको खोजी भइरहेको बताइएको छ । दुर्घटनामा परेको ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ट्रकले बोकेको चामल सबै नष्ट भएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update