Sagun Khabar
दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

शुक्रवार दिउँसो खर काट्ने क्रममा लडेर नौगाड–१ दल्याडकी ३२ वर्षीया रेपती ठगुन्ना घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update