Sagun Khabar
भिरबाट खसेको ढुंगा लागेर दार्चुलाकी एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीका दिलिपसिंह महरकी ५० वर्षीया श्रीमति जयमती महरको आइतवार मृत्युु भएको हो । 

घरदेखि अन्दाजी ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा आईतबार दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुंगा जयमतीको टाउको लागेर गम्भीर घाइते भएकी थिइन् । 

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update