Sagun Khabar
डेढ किलो चरेशसहित बझाङका दुई जना दार्चुलाबाट पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – लागु औषध चरेशसहित बझाङका दुई जना दार्चुलाबाट पक्राउ परेका छन् । एक  किलो ६ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनीहरु दुवैजनालाई बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ पस्तीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update