Sagun Khabar
बेपत्ता भएकी दार्चुलाकी एक महिला मृत फेला 

दार्चुला –दार्चुलामा झण्डै एक महिना अघि बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । दार्चुलाको नौगाड गाउँपालिका –१ बगडकी ४८ बर्षीया धानादेवी ठगुन्ना मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

गएको असोज ३ गते घरबाट छोरीको घर जान्छु भनि हिँडेकी धाना सम्पर्क विहिन भएकी थिइन् । उनको शव मंगलबार नौगाड गाउँपालिका १ बिलासौ जंगलमा फेला परेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनको शरीरको कंकाल फेला परेको र उनले लगाएको लुगा तथा झोलाबाट उनकै शव भएको प्रमाणित भएको प्रहरीले जनाएको छ । 

ठगुन्नाको मृत्युको कारण भने खुल्न सकेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update