Sagun Khabar
इजरायलमा ज्यान गुमाएका दार्चुलाका धामी र बिष्टको शव काठमाडौं ल्याइयो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- इजरायलमा ज्यान गुमाएका दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव काठमाडौं आइपुगेको छ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको हो ।

 गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी ल्याउने  तयारी भएको बताइएको छ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update