Sagun Khabar
भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा ३६ जना मजदुर फसे

भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् ।

मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

सडक आयोजना अन्तर्गत साढे चार किलोमिटर सुरुङमध्ये चार किलोमिटर निर्माण सम्पन्न भइसकेको सुरुङको ५० मिटर भाग भासिएको उनले बताए ।

मजदुरहरुलाई सुरुङबाट बाहिर निकाल्न दुईदेखि तीन दिन लाग्न सक्ने प्रहरीले जनाएको छ । उनीहरुसँग अक्सिजन सिलिण्डर रहेको र थप अक्सिजन पठाउन पाइपलाइन समेत रहेकाले बचाउन सकिने आशा रहेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update