Sagun Khabar
दार्चुला खलङ्गाको भारतीय सीमा पुल बन्द गर्ने समय फेरियो 

दार्चुला – दार्चुलाको खलङ्गामा रहेको भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ ।

भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा–४ खलङ्गामा रहेको झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्रशासन कार्यालय दार्चुलाका अनुसार आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उनले बताइन् । दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ ।

 ग्रीष्मकालीन समयमा यो नाका बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुने गरेको छ ।

शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।  

सीमा पुल खुल्ने र बन्द हुने समय हेरफेरका बिषयमा यसअघिको सीमा समन्वय समितिको बैठकमा सहमति भएको थियो । सोही सहमति अनुसार सीमा पुल खुल्ने र बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update