Sagun Khabar
४३ हजार ३ सय नगदसहित दार्चुलामा सात जुवाडे पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा ४३ हजार ३ सय नगदसहित सात जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति महाकाली नगरपालिका वडा नम्बर ५गल्फै स्थित केशबदत्त भट्टको घरबाट जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–५ बस्ने घरबेटी केशव दत्त भट्ट, महाकाली नगरपालिका वडा ५ बस्ने रतनसिंह खाती, महाकाली नगरपालिका वडा ५ मै बस्ने कमलसिंह ठगुन्ना, खिमानन्द भट्ट, अम्बादत्त भट्ट, जीवन भट्ट र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ९ बस्ने जनकराज जोशी रहेका छन । 

उनीहरुको साथबाट नगदसहित तास बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए । पक्राउ परेका सातै जनामाथि मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update