Sagun Khabar
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष धामी सवार जिप दुर्घटना, चालक गम्भीर घाइते 

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार गाउँपालिकाको जिप दुर्घटनामा परेको छ । दल्लेखबाट होपरीगाडतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२२च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका –२ बगड जामिर भन्ने स्थानमा बिहीबार दिउँसो साढे १२ बजेतिर दुर्घटनामा परेको हो । 

गाउँपालिकाले भाडा लिएर सञ्चालन गर्दै आएको जिप दुर्घटना परेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परेर गाउँपालिका अध्यक्ष धामी समान्य घाइते भएका छन् जिप चालक नौगाड गाउँपालिका ६ धुलिगडाका जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

दुवै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update