Sagun Khabar
बैतडीको गोठलापानीमा रामलीला महायज्ञ शुरु 

बैतडी –बैतडीको गोठलापानीमा रामलीला महायज्ञ शुरु भएको छ । राम सेवा समिति धार्मिक संस्थाको आयोजनामा रामलीला महायज्ञ शुरु भएको संस्थाका अध्यक्ष हर्कबहादुर चन्दले बताए । 

समाजमा नैतिकता र मार्यादाको पाठ सिकाउनका लागि महायज्ञको शुरुवात गरिएको उनले बताए । पहिलादेखि नै गोठलापानी क्षेत्रमा महायज्ञको आयोजना गर्ने गरिएको र बीचमा केही बर्ष रोकिएको भएपनि अब हरेक बर्ष रामलीला महायज्ञको आयोजना गरिने उनले बताए । 

भगवान रामचन्द्रले मानिसको रुप धारण गरेर समाजमा निष्ठा र सत्यताको पाठ सिकाएको र सोही पाठ आमजनमानसमा पुर्याउनका लागि रामलीला महायज्ञको आयोजना गरिएको चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीयस्तरमा कलाकारहरुलाई तालिम दिएर पात्र तयार पारिएका छन् । रामलीला नाटकमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि रामलीला महायज्ञको आयोजना गरिएको रामलीला महायज्ञ सञ्चालन समितिका संयोजक जनकराज भट्टले बताए । 

रामलीला महायज्ञमार्फत समाजमा सकारात्मक सन्देश जाने भएकाले रामलीला महायज्ञको आयोजना गरिएको स्थानीय आनन्दमणी भट्टले बताए । मार्यादापुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट मानिसलाई धेरै कुराको सिकाइ हुने उनले बताए । 

राम्रो काम गरे राम्रो फल प्राप्त हुन्छ र नराम्रो कामको नराम्रो फल प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्न रामलीला महायज्ञले सहयोग पुर्याउने भट्टले बताए । 

राम सेवा समितिले आयोजना गरेको रामलीला महायज्ञमा दशरथचन्द नगरपालिकाले समेत सहयोग गर्ने दशरथचन्द नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं समितिका उपाध्यक्ष केशवराज लेखकले बताए । 

यही मंसिर १५ गतेसम्म सञ्चालन हुने रामलीला महायज्ञमा सहभागी हुन समेत राम सेवा समिति धार्मिक संस्थाले सबैमा आग्रह समेत गरेको छ । 

यसअघि दशरथचन्द नगरपालिका वडा नं ६मा कालिका सांस्कृतिक समाज थालीगडाले समेत रामलीला महायज्ञको आयोजना गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update