Sagun Khabar
दार्चुलाका प्रधानाध्यापक अनिरुद्र भट्ट तीन महिनादेखि बेपत्ता 

दार्चुला –दार्चुलामा एक जना प्रधानाध्यापक तीन महिनादेखि बेपत्ता रहेका छन् । जिल्लाको लेकम गाउँपालिका –२ स्थित सरस्वती आधारभुत विद्यालयमा कार्यरत प्रधानाध्यापक अनिरुद्र भट्ट हराएको तीन महिना भएपनि उनको अवस्था अज्ञात रहेको छ । 

लेकम गाउँपालिका २ स्थित सुँगरखाल घर भएका प्रधानाध्यापक हराएको तीन महिना सम्म समेत फेला परेका छैनन् । 
बेपत्ता प्रधानाध्यापक भट्टको खोजी कार्य गरिएको भएपनि कहिँकतै फेला नपरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सम्भावित सबै क्षेत्रमा प्रधानाध्यापक भट्टको खोजी गरिएको भएपनि अहिले सम्म फेला पार्न नसकिएको प्रहरी निरीक्षक सिंहले बताए । प्रधानाध्यापक भट्टको हुलिया सबै ठाउँमा पठाइएको भएपनि फेला पार्न नसकिएको उनले बताए । उनले भने ‘हामीले सम्भावित भीरपाखा सबै ठाउँमा खोजी गरिसकेका छौं । अहिले सम्म उहाँको अवस्था अज्ञात नै रहेको छ । अहिले पनि खोजी कार्य जारी रहेको छ ।’ 

गएको साउन ३० गते घरबाट नुहाउन जान्छु भनि निस्केका भट्ट अझै फर्केका छैनन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update