Sagun Khabar
दार्चुलाको काँटैमा जिप दुर्घटना, छ जना घाइते 

दार्चुला –दार्चुलामा बिहीबार बिहान जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । खलंगा– दल्लेख सडकखण्डको काँटै खोलामा जिप दुर्घटनामा परेको हो । 

जिल्ला सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा सडकमै जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिपमा सवार छ जना घाइते भएका र उनीहरुलाई उपचारलागि जिल्ला अस्पताल पुर्याएको प्रहरी निरीक्षक सिंहले बताए ।

घाइते हुनेमा महाकाली नगरपालिका ५ मोती बस्ने रमिता भट्ट, महाकाली नगरपालिका ३ का ७२ बर्षीया बीरादेवी भट्ट, महाकाली नगरपालिका २ बुडीचौरका ६८बर्षीया मानमती बडू, महाकाली नगरपालिका ४ की ३५ बर्षीया यशोदा अवस्थी, महाकाली नगरपालिका २ बुडीचौरकी ७० बर्षीया उजलीदेवी फराल र महाकाली नगरपालिका २ झस्कुका ४८ बर्षीय देवदत्त भट्ट रहेका छन् । 

घाइते सबैको अवस्था समान्य रहेको प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update