Sagun Khabar
दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा दुई दिन स्थानीय बिदा, मालिकार्जुन धाममा जात्रा

दार्चुला –दार्चुलाका दुई स्थानीय तहहरुले दुई दिन स्थानीय बिदा दिएका छन् । राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुनमा धाममा लागेको जात्राको अवसरमा स्थानीय बिदा दिइएको हो । 

दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले यही मंसिर १० गते आइतबार र ११ गते सोमबार बिदा रहेको जनाएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

शैल्य मालिकार्जुन शिखर धुरामा आज पूजन जात्रा लाग्दैछ भने भोलि मालिकार्जुन मन्दिरमा जात्रा लाग्दैछ । 

हरेक बर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् । स्थानीयहरुको उल्लासमय सहभागिता रहने भएकाले दुवै स्थानीय तहहरुले दुई दिन बिदा दिएको जनाएका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update