Sagun Khabar
करेन्ट लागेर एक महिला घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन् । जिल्लाको मार्मा गाउँपालिका–४ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी करेन्ट लागेर घाइते भएकी हुन् । 

डाले घाँस काट्ने क्रममा रुख विद्युतको सर्विस लाइनमा छुन गई उनलाई करेन्ट लागेको हो । घाइते धामीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update