Sagun Khabar
दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा, मालिकार्जुन धाममा जात्रा 

दार्चुला –दार्चुलाका दुई स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् । 

राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । हरेक बर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गर्दछ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कार्तिक शुक्ल पूर्णिमाको बिहान सम्मै धाममा पूजाआजा हुने भएकाले आज र भोलि दुई दिन बिदा दिइएको जनाएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा आज र भोलि बिदा रहेको जनाइएको छ । 

मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । मालिकार्जुन धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update