Sagun Khabar
अरिङ्गालको टोकाइबाट दार्चुलामा एक वृद्धको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –अरिंगालको टोकाइबाट दार्चुलामा एक वृद्धको मृत्यु भएको छ । मंगलवार बिहान अरिङ्गालले टोक्दा महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मृत्यु भएको हो । 

घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएका थिए ।

घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update