Sagun Khabar
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४ रातामाटा नजिकैको भिरबाट लडेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

रातामाटास्थित भिरमा आइतबार बिहान घास काट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update