Sagun Khabar
दार्चुलामा २ लाखबढीको सुर्तीजन्य पदार्थ नष्ट
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा २ लाखबढीको सुर्तीजन्य पदार्थ नष्ट गरिएको छ। दार्चुला भन्सार कार्यालयले अखाद्य बस्तुु तथा सुर्तीजन्य पदार्थ नष्ट गरेको हो।

विभिन्न मितिमा बरामद गरिएका खान अयोग्य मिठाइ (पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधबार सरोकारवाला पक्षको रहोवरमा नष्ट गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताए ।

भारतीय घोडा बिडी ७ सय १२ बण्डल, हाइक्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम, पानछाप २ प्याकेट, पान मसला ५ प्याकेट, आन्टी ६० प्याकेट, ४२ पेटी पेठा लगायत गरेर २ लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए। दार्चुलामा भारतबाट भन्सार छली ठूलो परिमाणमा बिडी तथा सुर्तिजन्य पदार्थ भित्रिदै आएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update